डिजिटल उपकरणहरुमा हरिया चिप्सहरुको प्रयोग बढेको छ ।   यसको विपरित हरिया विरुवाहरु भने घट्दै गएको छ । वन विनास , डढेलो र मानिसबाट हुने वन अतिक्रमणको कारण विश्व विश्व हरियालिमा ह्रास आएको हो । विश्वका दशलाख पर्यटक भित्र्याउन नेपाल पर्यटन वर्ष २०११ को घोषणा गरिएको छ ।  यो संख्यालाई कायम राख्न भने सहरमा समेत हरियाली कायम राख्नु पर्दछ । विदेशीहरु सबैभन्दा पहिले काठमाडौंको विमानस्थलमा आउने भएकोले चालु बर्षमा शहरी बन बिकास गर्ने सरकारी योजना रहेको छ । जस अनुसार गत जुन ५ तारिख   विश्व वातावरणका दिनबाट नेपाल पर्यटन बोर्डले विदेशिहरुलाई रुख रोप्न लगाउने कार्यक्रम   अघी सारेको थियो । यो कार्य अहिले अलपत्र परेको छ । पर्यटन वर्षलाई सफल बनाउन भने यो कार्य सुचारु गर्न नितान्त आवश्यक देखिन्छ । शहरी सुन्दरता बढाउन पनि सडक किनाराहरुमा बोट विरुवाहरु रोपिनु पर्दछ ।    घरबाट निस्किने फोहोर तह लगाउन सकिएमा फोहोर थुप्रिदैन ।यसले गर्दा सडक किनरामा बोट बिरुवा हुर्कन सहज हुन्छ । फूतपाथका बिचबीचमा रुख रोपिएको भये पनि जुलुस र आन्दोलनका क्रममा बिगार्ने गरिएको छ। आगामी दिनहरुमा बन्द हड्ताल...