हेल्लो बार्पाकमा हिउँ पर्‍यो : राजेन्द्र न्यौपाने


पुष १७ गोरखा
शुक्रबार मात्रा बारपाकबाट सिम्सिमे पानी छल्दै हामी पत्रकार साथी गोर्खा आइपुगेका थियौ । दिउसो जिल्ला प्रहरी कार्यालयमा यातायात व्यावसायिसग छलफल थियो । बिहान् सात बजे बारपाकबाट ओरालो लागेका हामी १ बजे गोर्खा सदरमुकाम आइपुगेका थियौ ।
यातायात व्यावसायी बिचको छलफल निर्णयमा पुगेपछि यातायात सुचारु गर्ने कुरा भयो । दुई दिनदेखि यातायात ठप्प थियो । सदरमुकाममा यातायात बन्द भएर के भयो र बारपाकमा त्यसको कुनै असर नै थिएन ।
बारपाकमा सबै गुरुङ्हरु ल्होसार मान्न व्यस्त थिए । बारपाकमा पुगेका सञ्चारकर्मीहरुलाई स्थानिय मानिसहरु ठाउको बारेमा परिचय गराउन मात्र आतुर थिएनन उनिहरु आफ्नो कला र  संस्कृति देखाउन हौसिएका थिए ।   
पुष १५ गते विविध रुपमा ल्होसार पर्व मनाइवरि सबै बिषय वस्तु क्यामेरा र डाइरीमा कैद गरेर हामी मान्द्रेको ओरालो हुँदै गोर्खा आइपुगेका थियौ ।  कच्ची बाटोमा लामो यात्रा गर्दै ढुङ्गा र मानिस चिन्न नसक्ने अवस्था एकातिर थियो भने धुलो पखाल्नको लागि नुहाउन सक्ने तागत कममै थियो ।

शनिबार बिहान छ बजेको समयमा बारपाकबाट फोन आयो । फोनमा हेल्लो, तपाईं हिजोको पत्रकार होइन ? बारपाकमा हिउँ पर्‍यो भनेर लेख्देऊ है । फोन गर्ने अरु कोही नभएर बारपाककी योग माया गुरुङ रहिछिन । अघिल्लो दिन उनले गाउमाथिको गुम्बा देखाउदै ल्होसार पछीको एक दुई दिनमा माथिको जङल हिउँ परेर सेतै हुन्छ । हामी बाहिर पनि निस्कन सक्दैनौ भित्रै बसेर खाने हो भन्दै थिन । 

साच्चैनै उनले भनेझैं भोलिपल्टदेखि नै बारपाकमा पानी पर्‍यो र हिउँको वर्षा हुन थाल्यो । अघिल्लो दिन दाउरा खोज्न गएका जङलहरु सेताम्ये भएछन र जाडो ह्वात्तै बढेर जाडो भयो भनेर लेख्देऊ भन्दै उनले फोन गरिन । 
हामीलाई जाडो भएको कुरा सबैलाई थाहा हुनु पर्छ भन्दै उनले सबै पत्रपत्रीकामा आउने हुनाले मैले तिमीलाई फोन गरेको जाडो सकिएपछी गोर्खा आउँदा हामीलाई दिनु पर्छ राख्देउ है भन्न समेत भ्याइन ।

उनिहरुको भाषामा कत्ती पनि नचाहिदो कुरा लुकेको हुँदैनथियो । जाडोलाई भाषामा जारो भन्दा हामी कलमजीविलाई सहजै लाग्थ्यो  । जारो छ नारिएर बस्नु पर्छ आज यही बस भन्दै सिङै गाउले आएर हामीलाई शुक्रबार घेरेका थिए,हामीले पत्रकार बनायो हामीसँग एक दिन पनि नबस्ने भनेर ढिपी लिए । 

अन्त्यमा उनिहरुले भनेका थिए फोन गर्दा उठाऊ है, हाम्रो बारपाकको बारेमा राम्रो लेख्देऊ र अरुलाई पनि बारपाक जने निम्तो देऊ हामी स्वागत गर्छ भनेर उनिहरु भन्दै थिए । केशव गुरुजिले कत्ती रमाइलो भन्दै गाडी गुडाए हामी गोर्खा आयौ र बिहानइ फोन आयो हिउँ पर्‍यो बारपाकमा भनेर लेखिदेउ ।   

हिउँ परे नपरेको नियाल्न बिहानै गोरखकालिको डाडामा पुगेर बारपाक नियाल्दा सिङ्गो बारपाक मात्रा नभै उत्तरी गोर्खाका डाडाहरुमा हिउं देखियो । उहियाको सिङ्ला,प्रोक गुम्बा,बिही, सामा र छेकम्पारसम्म हिउँ लपक्कै भएको खबर प्राप्त भयो ।

डाँडामा बस्दा सिरेटो चलेको थियो सिर्दिबासबाट बुद्ध माविका सिताराम सरले फोन गर्नु भयो र भन्नु भयो बाहिर निस्कन सकिएन सर हिउँले गाउँ लपक्कै भयो राहत दरबन्दिमा पठाउनु छ सरकारले दुर्गम भत्ता पनि दिदैन हिउँले जिउँ कठाङ्रिएको छ त्यो पनि लेखी दिनु होला वहाँको भनाइ थियो ।    

हिजोसम्म जङल देखिएको लाप्राक र गुम्दाको उपल्लो डाँडा आज सेताम्ये देखिए । शुक्रबार साँझ पाँच बजेदेखी बर्सिएको हिउँ हेर्न पर्यटकहरुलाई आनन्द आएपनि त्यस क्षेत्रका मानिसहरुलाई चिसो बनाएको छ । हिउँ परेको हेर्न पर्यटकहरु पनि त्यस तर्फ गएको देखिएन । यो समाचार तयार गर्दा सम्म हिउँ पर्ने क्रम रोकिएको छैन । रासस   

Comments

Popular posts from this blog

Nepal's Top 10 Tourist Attraction Places

Beautiful adventure center in Nepal Himalayas,Himalayan Advisor

'24th Nepal Day' event organised by German Nepal Friendship Association