पर्यटन वर्षको लागि शहरी बन : रविन राचलिका हरित समुह भक्तपुर

 
डिजिटल उपकरणहरुमा हरिया चिप्सहरुको प्रयोग बढेको छ ।  यसको विपरित हरिया विरुवाहरु भने घट्दै गएको छ । वन विनास, डढेलो र मानिसबाट हुने वन अतिक्रमणको कारण विश्व विश्व हरियालिमा ह्रास आएको हो । विश्वका दशलाख पर्यटक भित्र्याउन नेपाल पर्यटन वर्ष २०११ को घोषणा गरिएको छ ।

यो संख्यालाई कायम राख्न भने सहरमा समेत हरियाली कायम राख्नु पर्दछ । विदेशीहरु सबैभन्दा पहिले काठमाडौंको विमानस्थलमा आउने भएकोले चालु बर्षमा शहरी बन बिकास गर्ने सरकारी योजना रहेको छ । जस अनुसार गत जुन ५ तारिख  विश्व वातावरणका दिनबाट नेपाल पर्यटन बोर्डले विदेशिहरुलाई रुख रोप्न लगाउने कार्यक्रम  अघी सारेको थियो । यो कार्य अहिले अलपत्र परेको छ । पर्यटन वर्षलाई सफल बनाउन भने यो कार्य सुचारु गर्न नितान्त आवश्यक देखिन्छ । शहरी सुन्दरता बढाउन पनि सडक किनाराहरुमा बोट विरुवाहरु रोपिनु पर्दछ । 

घरबाट निस्किने फोहोर तह लगाउन सकिएमा फोहोर थुप्रिदैन ।यसले गर्दा सडक किनरामा बोट बिरुवा हुर्कन सहज हुन्छ । फूतपाथका बिचबीचमा रुख रोपिएको भये पनि जुलुस र आन्दोलनका क्रममा बिगार्ने गरिएको छ। आगामी दिनहरुमा बन्द हड्ताल जस्ता अराजक गतिबिधि नहुने हो भने शहरी बन बिस्तार् हुन सक्छ ।

दोबाटो र  चौबाटोमा पनि बगैचा बनाउन सकिन्छ । एअरपोर्ट अगाडिको तीनदोबाटोमा बगैचा नबन्दा विदेशीहरुले अनुभव गर्ने गरेका छन । त्यहाँ फूलको खेती गर्न सकिएमा त विदेश जाने नेपालीको विदाई गर्न र नेपाल आउने विदेशीहरुलाई स्वागत गर्न ताजा फूलको माला प्रयोगमा ल्याउन सकिन्छ ।

यस बाटोको  दाँया बाँया रुख रोपिनु पर्दछ । केही वर्ष अघि हुर्केका रुखहरु अहिले घर घडेरी बनाउने क्रममा काटिएका छन । स्वच्छ र हराभरा शहर बनाउन त्यहाँ फेरी पनि जात जातका बोट बिरुवा रोपिनु पर्दछ ।
रिङ्ग रोडमा रोपिएका रुखहरु धमाधम ढल्न थालेका छन । धुलो उड्न नदिन र बाइकवालाहरुलाई सजिलै ओहोरदोहोर गर्न दिन पनि हरियाली आवश्यक छ । सरकारले बगमती अञ्चलमा मात्र चार लाख बढी मोटरबाईक दर्ता गराएको छ । तर बाईकवालाहरुको लागि भने छुट्टै बाटो भने बनाइदिएको छैन । यसले गर्दा उनिहरु मारमा परेका छन । कम सदस्य रहेको विदेशी पर्यटक टोली पनि बाईकमा घुम्न रुचाउछन । उनीहरुको सुबिधालाई हेरर पनि सरकारले सडक किनारामा बोट बिरुवा रोप्नु पर्दछ ।

विदेशीहरु नेपालका पुराना मन्दिरहरु हेर्न आउने गरेका हुन । मन्दिर पेरिसरमा गमलामा फूल राख्नु पर्दछ । फूलको सुगन्धले मन्दिरलाई थप सुन्दर र आकर्षक बनाउन सकिन्छ । यी फूल पूजा पाठको लागि प्रयोग गर्न सकिन्छ । मन्दिर परिसरमा अश्लिल गतिबिधी गर्नेहरु यसबाट निरुत्साहित हुने देखिन्छ । 

पोखरीका डिलहरुमा पनि बोटबिरुवाहरु रोपेर पोखरीको पानीको शुद्धता सन्तुलित गर्न सकिन्छ । लोप हुँदै गरेका कमल पोखरीहरुमा कमल फुलाउने तत्परता देखाउनु पर्दछ । पोखरी वरिपरिको क्षेत्रलाई हराभरा बगैचाको रुपमा बिकास गर्न सकिन्छ । पिकनिक स्पोट समेत बनाउन सकेमा त आयको अर्को श्रोत पनि हुन्छ ।  

बाटाका डिभाईडरका रुपमा ठुलठुला गमलाहरुको प्रयोग गर्न सकिन्छ । फूल रोपिएका गमलाहरुमा ट्राफिक नियमहरु लेख्न सकिन्छ । यसबाट सडक दुर्घटना पनि कम गर्न सकिन्छ । सडकहरु सुन्दर देखिएमा नै एक चोटि आएका विदेशीहरु अर्को चोटि आउने ईच्छा रख्छन ।आफ्नो देश फर्केर आफन्त र इष्टमित्रलाई नेपाल घुम्न सिफरिस गर्छन् । यसरी पर्यटन संख्या बढाउन पनि डिभाईडरहरुमा फूल तथा बोट बिरुवाहरु रोपिनु पर्दछ ।
होटेलहरु पनि बोटबिरुवा रोपेर झकिझकाउ पारिनु पर्दछ । त्यहाँ रहेका खाली जग्गाहरुमा फोहोर थुपर्नु भन्दा बगैचाको रुपमा परिणत गर्नु पर्दछ ।

टुरिस्ट चेकपोस्टहरुमा पनि बोटबिरुवा रोपिएका गमलाहरु  सजाइनु पर्दछ । चेक पोस्टबाट नेपाल पर्यटन बोर्ड पर्यटकलाई रुख रोप्न लगाउने कार्यक्रमका बारेमा जानकारी दिने ब्यबस्था गरिनु पर्दछ ।

समग्रमा भन्नु पर्दा नेपाल पर्यटन वर्ष सफल पार्न शहरी बनको टड्कारो आवश्यकता छ । शहरी वनको बिकासले वायु प्रदुर्षण क्षति पनि न्युन हुन्छ । यसको लागि आगामी चैतमा वनस्पती बिभागको स्वर्ण जयन्तीको अवसरमा हुन लागेको वनस्पती प्रदर्शनीमा शहरी वन बिकासको लागि प्रमुख बिषय बनाइनु पर्दछ ।

Comments

Popular posts from this blog

Nepal's Top 10 Tourist Attraction Places

Beautiful adventure center in Nepal Himalayas,Himalayan Advisor

'24th Nepal Day' event organised by German Nepal Friendship Association