जिल्ला छाड्ने स्थानिय बिकास अधिकारी माथि कारवाही गरिने : स्थानिय बिकास सचिव ज्ञावाली


पुष १७, सिन्धुली ।
स्थानिय बिकास सचिव कृष्ण ज्ञावालीले अनुचित रुपमा जिल्ला छाड्ने स्थानीय बिकास अधिकारीलाई कारवाही गर्ने बताउनु भएको छ । योजना अनुगमनको सिल्सिलामा सिन्धुली आइपुग्नु भएका ज्ञावालीले आज सिन्धुलीमाढिमा भएको कार्यक्रममा वहाँले यस्तो बताउनु भएको हो । मन्त्रालयमा स्थानीय बिकास अधिकारीहरु कम बस्ने गुनासो आएकोले मन्त्रालयको स्वीकृती विना जिल्ला छाड्नेहरुलाई कारवाही हुने सचिव ज्ञावालिले बताउनु भएको हो । बजेट सक्ने नाममा बाटो खन्ने भन्दै जथाभावी खन्ने काम भएकोले अब देखी प्राविधिक स्टिमेट बिनाको काममा भुक्तानी नदिने सचिव ज्ञावालिले चेतावनी दिनु भयो । जिल्ला परिषदले पास गरेको बाहेकका योजना भनसुनका भरमा आउन नदिने भन्दै सचिव ज्ञावालीले सभासदहरुले दबाव दिने गरेको र कहिलेकाही नगरि नहुने योजनाका लागि स्थानीय बिकास अधिकारी मार्फत  मिलाउन लगाएर काम गर्ने गरेको खुलासा समेत गर्नु भयो । देशभरका गाविस मा अझै सात सय पचास सचिवको दरबन्दी खाली रहेको भन्दै सचिव ज्ञावालीले पुष मसान्तसम्म पाँचसय गाबिस सचिवहरु पुर्ती हुने बताउनु भयो । वहाँले गाबिस सचिवहरुको लागि बिशेष सुरक्षा योजनाको अभिन्न अङ्ग स्थानिय निकायका कर्मचारीलाई बनाउनु पर्ने सुझाव समेत दिनु भयो । सिन्धुलीमा सञ्चालित त्रिपल आरको ठेक्कामा लाखौं अनियमितता भएकोले तत्काल छानबिन गरी दोषिलाई कार्वाही गर्न सचिव ज्ञावालिसँग राजनीतिक दलका स्थानिय नेताहरुले माग गरेका थिए ।    

Comments

Popular posts from this blog

Nepal's Top 10 Tourist Attraction Places

'24th Nepal Day' event organised by German Nepal Friendship Association

Beautiful adventure center in Nepal Himalayas,Himalayan Advisor